१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रिय सभामा दीनानाथ शर्मा चयन



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन ।

माआवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

यसैगरी बैठकले राष्ट्रिय सभा दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ । यसअघि साविकको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पनि शर्मा राष्ट्रिय सभामा दलको नेता थिए । बैठकले देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको छ ।

बैठकले संसदीय दलको विधान मस्यौदा गर्न ३ सदस्यीय समिति बनाएको छ । समितिमा देव गुरुङ, रामनारायण विडारी र रेखा शर्मा रहेका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर पुनः साविककै पार्टी गठन गर्न बाध्य बनाएपछि माओवादी केन्द्रले संसदीय दलका पदाधिकारी चयन गरेको हो । यद्यपी, संसदीय दलका उपनेता र प्रतिनिधिसभाका सचेतक चयन गर्न भने अझै बाँकी राखेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजिनामाको माग समेत गरेको नेता वर्षमान पुनले बताए । उनले भने, – ‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजिनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’ तर, माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे ।

संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको छ ।

यसैगरी पार्टी परित्याग गरेका सांसदहरुसँग अन्तिम छलफल गर्नका लागि नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको छ । समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : ४० बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन