८ चैत्र २०८२, आइतबार | March 22, 2026

सकियो सर्वदलीय बैठक, तीन पूर्वप्रधानमन्त्री अनुपस्थित



काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ ।

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘बंगलादेशको भ्रमण रहेछ । त्यही बिषयमा छलफल गर्नका साथै चियापानका लागि बोलाउनुभएको रहेछ ।’

उनले बैठकमा समसामयिक बिषयमा कुराकानीसमेत भएको बताए । बैठकमा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस नेता विमलेन्द्र निधि र जनमोर्चा अध्यक्ष केसीलगायतका नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

उनका बैठकमा माओवादी अध्यक्ष प्रचण्डले समसामयिक बिषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । यस्तै, जनमोर्चा अध्यक्ष केसीले राष्ट्रपति र प्रधानमन्त्रीको कारणले अहिलेको समस्या आएको बताए ।

‘तपाईं जिम्मेवार ठाउँमा बसेको मान्छेले विचार गर्नुपर्थ्यो । तपाईंहरुको कारणले यो अवस्था आयोु उनले भने, ‘जनताले ५ बर्षमा लागि पठाएपछि हामीले जनमतको कदर गर्नुपर्छ ।’

‘अहिले चुनाव र ताजा जनादेशमा जाने बेला छैन । त्यसैको कारणले अहिले गणतन्त्रमा कालो बादल मडारिरहेको छ’ उनले भने ।

राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारीको दुई दिवसीय भ्रमण तय भएको हो ।

तीन पूर्वप्रधानमन्त्री अनुपस्थित
बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने गएनन् । त्यस्तै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई पनि बैठकमा अनुपस्थित भए ।

बैठकमा राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल सहभागी थिए । राष्ट्रपति भण्डारीले समयसामयिक विषयमा छलफलका लागि सर्वदलीय बैठक आव्हान गरेकी थिइन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २९ बजे

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय