६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नेकपा एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न हुँदै



काठमाडौं । नेकपा एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न हुँदैछ ।

बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन बैंक्वेटमा सुरु भएको भेला विभिन्न महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।

बुधबार उद्घाटन सत्रमा नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाउँदै त्यसो हुन नदिने बताएका थिए ।

पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचार समृद्ध रहेका दाबीसमेत गरे । नेपाल-खनाल पक्षको भेलालाई ओली पक्षले समेत गम्भीरताका साथ हेरिरहेको बताएको छ ।

प्रधानमन्त्री एवम अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि नेपाल-खनाल पक्षले राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा सहभागी देशभरका नेता, कार्यकर्ताको सुझाव र भावनाअनुसार तीन महिने कार्यभार तय गर्दै बिभिन्न महत्वपूर्ण निर्णयहरु गरीने नेताहरुले बताएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ८ : ०८ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक