३ पुस २०८२, बिहिबार | December 18, 2025

बालुवाटारको बैठकमा सहभागी हुन हिँडेका नेपाल-खनाल पक्षका सांसदहरु बाटैबाट फर्काइए



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु संसदीय दलको बैठकमा जानबाट रोकिएका छन् ।

राष्ट्रिय भेलामा रहेका सांसदहरु बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा जान तयार भएका थिए । भेलामा जानका लागि उनीहरु हलबाट बाहिरसमेत निस्केका थिए ।

संसदीय दलको बैठक जाने बारेमा सांसदहरुले राष्ट्रिय भेला स्थलमै छलफल गरेका थिए । सिन्धुलीका प्रतिनिधिसभा सांसद गणेश पहाडीले ‘संसदीय दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो तर फेरि नजाने भइयो’ भने ।

स्रोतका अनुसार, भेलामा सहभागी सांसदहरु बैठकका लागि भेलामा जान लागेपछि भेलामा सहभागी नेता कार्यकर्ताले दवाव दिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबाहेकका सांसदहरु संसदीय दलको बैठकमा जान लागेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएका थिए । अनिवार्य उपस्थित हुनु भन्दै बोलाइएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १२ : १९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका