काठमाडौं । गत फागुन २८ गते नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि तीव्र बनाएको छ ।
नेपाल पक्षले एकपछि अर्को समानान्तर कमिटी गठन गरिरहेको छ । यस पक्षले चैत ६ गते अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाएको थियो । जयन्ती राईको नेतृत्वमा नेपाल पक्षले अनेम संघ बनाएको हो ।
अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ । शनिबार राष्ट्रिय सभागृहमा भएको नेपाल पक्षको युवा संघको भेलाले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाएको हो । यो पक्षले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटीसहित ९ जनालाई रहेका छन् भने महासचिवमा दीपक जीएम चयन भएका छन्। युवा संघको पदाधिकारी मात्रै ५० जनाको रहेको छ।
चैत ४ र ५ गते भएको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ ३ गते अगाडिको संगठनलाई क्रियाशील बनाउने निर्णय गरेको थियो।
प्रतिक्रिया