१७ असार २०८३, बुधबार | July 1, 2026

नेपाल पक्षद्वारा समानान्तर गतिविधि तीव्र : अनेमसंघपछि नरेशकुमार शाहीको नेतृत्वमा युवा संघ गठन



काठमाडौं । गत फागुन २८ गते नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि तीव्र बनाएको छ ।

नेपाल पक्षले एकपछि अर्को समानान्तर कमिटी गठन गरिरहेको छ । यस पक्षले चैत ६ गते अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाएको थियो । जयन्ती राईको नेतृत्वमा नेपाल पक्षले अनेम संघ बनाएको हो ।

अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ । शनिबार राष्ट्रिय सभागृहमा भएको नेपाल पक्षको युवा संघको भेलाले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाएको हो । यो पक्षले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटीसहित ९ जनालाई रहेका छन् भने महासचिवमा दीपक जीएम चयन भएका छन्। युवा संघको पदाधिकारी मात्रै ५० जनाको रहेको छ।

चैत ४ र ५ गते भएको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ ३ गते अगाडिको संगठनलाई क्रियाशील बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ५९ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित