३ आश्विन २०८३, शनिबार | September 19, 2026

म्याद गुज्रिएको औषधि छर्किंदा स्थानीयको स्वास्थ्यमा समस्या



महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ ।

पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्क समेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी दिए ।

उनका अनुसार औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्ने लगायत समस्या देखिएको छ ।

छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने २ वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएपछि औषधि छर्किएकाले स्थानीयमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीय राजीव कापरले बताए ।

वडाध्यक्ष राकेश राउतले स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरे । उनले औषधिमा पानीको मात्रा मिलाएर नछर्किएको हुनसक्ने र सोही कारण केही फाट्टफुट्ट समस्या हुनेसक्ने जानकारी दिए । स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको माग गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : २८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको