१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

प्रधानमन्त्री ओली र विप्लवबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । विभिन्न जिल्लाको भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका नेत्र विक्रम चन्द ‘विप्लव’ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव सोमबार बालुवाटार नै पुगेका हुन् । भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह गरेको विप्लवसँगै बालुवाटार पुगेका एक नेताले जानकारी दिए ।

विप्लवले रिहा नभएका आफ्ना पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरेको ती नेताले बताए । विप्लव समूह र सरकारबीच गत फागुन २० गते भएको सहमतिमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । तर, विप्लव समूहका केही नेताहरु जेलबाट छुटे पनि अधिकांश छुटेका छैनन् ।

विप्लवको उक्त आग्रहमा प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया जारी रहेकोले केही समय लाग्ने जवाफ दिएको ती नेताले जानकारी दिए ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : २९ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ