२ पुस २०८२, बुधबार | December 17, 2025

कांग्रेस पदाधिकारी बैठकमा सरकार निर्माणबारे छलफलै भएन



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सत्ता साझेदारीको विषयमा कुनै छलफल नै नभएको नेता रमेश लेखकले बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे कुनै छलफल नभएको लेखकले दाबी गरेका छन्।

संचारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले आवश्यक परे पार्टीले सरकारको नेतृत्व गर्ने भएपनि अहिले अवस्था परिपक्क नबनेको बताए

नेपाली कांग्रेस भित्रैबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको छ । तर, सभापति देउवाले भने अझै पनि परिस्थिति परिपक्क नबनिसकेको बताउँदै आएका छन् ।

‘सरकार बनाउनका लागि परिस्थिति सुनिश्चित र अवस्था परिपक्क भइसकेको छैन’, नेता लेखकले भने, ‘कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा परिपक्क हिसावले निर्णय गर्नुपर्छ । सरकारलाई नेतृत्व दिन भने तयार नै छौं।’

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ५२ बजे

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले