६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

सैनिकले चलाएको गोली लागि म्यानमारमा ७ बर्षिय बालिकाको मृत्यु



काठमाडौं । म्यानमारमा सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु भएको छ ।

फेब्रुअरी १ को सैनिक ‘कू’ पछि भएका प्रदर्शनहरुमा मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । उनलाई मण्डाले शहरमा घरमै रहेको बेला गोलि लागेको उनका परिवारका सदस्यहरुले बताएको बिबिसीले उल्लेख गरेको छ ।

सेभ द चिल्ड्रेनले म्यान्मारमा अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भएको बताएको छ । म्यानमारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समुहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ ।

सेनाले भने सरकारको विरुद्धमा भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताएको छ । स्थानीय मिडियाले भने सेनाले बालिकाको पितालाई गोलि हान्दा उनलाई लागेको उल्लेख गरेका छन् ।

बालिकाको नाम खिन माओ चिट रहेको बताइएको छ । बालिकाका १९ बर्षिय दाजुलाई पनि सेनाले हिरासतमा लिएको उनको परिवारले जनाएको छ ।

यसअघि एक दिनअघि मात्र म्यानमारमा १४ बर्षिय बालकको गोलि लागेर मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ३० बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस