२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पाकिस्तानी प्रधानमन्त्री खानलाई भारतीय समकक्षी मोदीको पत्र; शत्रुतापूर्ण सम्बन्ध सामान्य बनाउने प्रयास



शत्रुतापूर्ण सम्बन्ध रहेका दुई दक्षिण एशियाली मुलुक भारत र पाकिस्तानको बीचमा पछिल्लो केही समययता विभिन्न माध्यमबाट सामान्य सम्वादको आदनप्रदान सुरु भएको छ ।

केही दिन पहिले भारतीय र पाकिस्तानी सेना लाईन अफ कन्ट्रोलमा युद्ध बिरामका लागि सहमत भएका थिए । शत्रुतापूर्णसम्बन्धकै बीच दुई मुलुकबीच व्यापारिक कारोबार पनि विस्तारै सुरु हुन थालेको छ ।

यसै बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई चिठी लेखेका छन् । पाकिस्तान दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री मोदीले एक छिमेकी देश र जनतासँग हार्दिक सम्बन्ध बनेको हेर्न चाहेको उल्लेख गरेका छन् ।

मोदीले यस्तो सम्बन्ध बनाउन आतंकवाद एवं शत्रुतामुक्त र विश्वास एवं भरोसायुक्त माहौल आवश्यक रहेको जिकिर गरेका छन् ।मोदीले पाकिस्तानले कोरोना भाइरसको नियन्त्रणमा सफलता हासिल गरोस भन्ने कामना पनि गरेका छन् ।

यसैगरी भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि पाकिस्तानी समकक्षी आरिफ़ अल्वीलाई पत्र पठाउँदै पाकिस्तान दिवस उपलक्ष्यमा शुभकामना दिएका छन् ।

गत महिना दुवै मुलकका मिलिटरी अपरेशनका डायरेक्टर जनरल (डीजीएमओ)ले संयुक्त वक्तव्य जार गर्दै आकस्मिक रुपमा नियन्त्रण रेखामा युद्धबिरामको घोषणा गरेका थिए । त्यसबेलादेखि सीमा क्षेत्रमा शान्ति कायम भएको छ भने युद्धविरामको पूर्ण पालना भएको देखिएको छ ।

यसैबीच, सिन्धु नदी जलसम्झौता वार्ताका लागि ८ सदस्यीय पाकिस्तानी प्रतिनिधिमण्डलले नयाँ दिल्लीको भ्रमण गरेको छ । पाकिस्तानका इन्दुस वाटर कमिश्नर सैयद मेहर ए आलमको नेतृत्वमा भारतीय समकक्षीसँग वार्ता भैरहेको छ । यो वार्ता दुई वर्षपछि भएको हो ।

हालसालै पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाले दुई देशले पुरानो कुरा भुलेर अघि बढ्नुपर्ने बताएका थिए ।

भारत र पाकिस्तानको सम्बन्धमा देखिएको परिवर्तनमा तेस्रो देशको हात रहेको विश्वास गरिएको छ । साउदी अरबका उपविदेशमन्त्री आदिल अल जुबैरले केही दिन पहिले आफ्नो देश भारत र पाकिस्तानबीचको तनाव कम गर्ने प्रयासमा लागेको बताएका थिए ।

अरब न्यूजलाई दिएको अन्तर्वार्तामा आदिल अल जुवैरले सऊदी अरब पुरै इलाकामा शान्ति र अमनका लागि प्रयास गरिरहेको जनाएका थिए । यस्तै, दुई मुलुकको सम्बन्धमा सुधार ल्याउन संयुक्त अरब इमिरेट्स (यूएई)को मध्यस्थता रहेको दाबी संचारमाध्यममा आएको थियो ।

भारतीय दैनिक द हिन्दुको एक रिपोर्ट अनुसार यूएईको मध्यस्थतामा भारत र पाकिस्तानबीच पर्दा पछाडि छलफल भएको जनाइएको थियो । यद्यपी, भारत र पाकिस्तान दुवै मुलुकले यसको पुष्टि गरेका छैनन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ४५ बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम