१ पुस २०८२, मंगलबार | December 16, 2025

संविधान अस्वीकार गरेका तत्वले नेकपाकै एक अध्यक्षलाई दलाल र मोहोरा बनाए : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मन नपराएकाहरुले नेकपाका एक अध्यक्षलाई दलालको रुपमा मोहोरा बनाएको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपामा जसलाई पार्टी अध्यक्ष बनाएका थियौं, उनैलाई संविधान विरोधीले मोहोरा बनाएको बताएका हुन् । प्रचण्डले थपे, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’

प्रचण्डले नेपालीले आफ्नो निर्णय गर्ने अधिकार खोसेर आदेशपालकहरु मात्र खोजिएको बताए । आफूलाई यसबाट निकै पीडाबोध भएको उनले बताए।

प्रचण्डले नेपालीलाई निरिह बनाउन र हेप्न थालेको बताए । शान्ति प्रक्रियादेखि संविधान निर्माण हुँदै एमाले माओवादी केन्द्रको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाब र हस्तक्षेप नभै आफै निर्णय गरेको बताउँदै उनले त्यसलाई मन नपराएकाहरुले सबै ध्वंस गर्न लागेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेर उनीहरुकै आदेश पालना गरेको जिकिर गरे ।

जनताको आन्दोलन र दबाबका कारण सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदम खारेज गरेर संसद पुनर्स्थापित गरेपनि सो फैसलासँग बाझिने गरी अर्को फैसला आएको बताए । उनले अहिले झन ठूलो खतरा बढेको भन्दै नेपालीको आत्मर्णियको अधिकारलाई धरापमा पारिएको जिकिर गरे ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज