२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कलंकीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु



काठमाडौं । कलंकीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

शनिबार राति बल्खुबाट थानकोटतर्फ जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिपरले ठक्कर दिँदा अन्दाजी २५ वर्षिय पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । युवकको सनाखत भैसकेको छैन ।

प्रहरीका अनुसार कलंकी चोकको जेब्राक्रसबाट बाटो काट्दै गरेका ती युवा टिपरको ठक्करबाट गम्भीर घाइते भएका थिए । उपचारको क्रममा राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : २६ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ