६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरासेल’ आज नेपाल आईपुग्दै



काठमाडौं । चीन सरकारले सहयोगकारुपमा उपलब्ध गराउने घोषणा गरेको कोरोना विरुद्धको चिनियाँ खोप आज काठमाडौं आईपुग्ने भएको छ । चीन सरकारले निशुल्क उपलब्ध गराउने घोषणा गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो ।

खोप ल्याउनका लागि आईतबार चीनको राजधानी बेईजिङ पठाईएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजले सोमबार राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ल्याईपु-याउने नेपाल वायुसेवा निगमले जनाएको छ ।

गत माघ महिनामा भारत सरकारले १० लाख डोज खोप नेपाललाई समयोग स्वरुप उपलब्ध गराएलगत्तै चीनले नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन घोषणा गरेको थियो ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने बिज्ञहरुले बताएका छन् । कोभिशिल्ड जस्तै चिनिया खोप पनि दुई मात्रा लगाउनुपर्ने खोप बिज्ञहरुले भनेका छन् ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १२ बजे

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको