४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ आइपुग्यो काठमाडौं



काठमाडौं । चीन सरकारले अनुदान सहयोगका रुपमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी-३३० विमानमार्फत सो खोप सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको हो ।

चीन सरकाले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको हो । विमानस्थल आइपुगेको खोप चिनियाँ राजदूत हौउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् ।

 

सिनोर्फामअन्तर्गत रहेको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले कोभिड–१९ विरुद्धको भेरोसेल खोप उत्पादन गरेको छ । सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । चिनियाँ खोप पनि दुई पटक गरी दुई डोज लगाउनुपर्छ ।

औषधी व्यवस्था विभागले ‘सिनोफार्म’ कम्पनीको उत्पादन ‘भेरोसेल’ खोपलाई दुई महिना अघि आपतकालीन अनुमति प्रदान गरेको थियो ।

औषधी व्यवस्था विभागले गत २०२१ को जनवरी १६ मै सिनोर्फामलाई आपतकालीन अनुमति दिएपनि यससम्बन्धी सुचना त्यसको एक महिना पछि १७ फ्रेबुअरीमा मात्र प्रकाशित गरिएको थियो ।

सरकारले भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले निर्माण गरेको ‘कोभिसिल्ड’ नामक खोपको २० लाख डोज किन्ने निर्णय गरे लगत्तै चिनियाँ सिनोफार्मका लागि आपतकालीन अनुमति प्रदान गरिएको सूचना प्रकाशित गरिएको थियो ।

 

चिनियाँ दूतावासले सुरुमा नेपाललाई तीन लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको थियो । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बीच भएको टेलिफोन छलफल पछि थप दुई लाख डोज खोप उपलब्ध गराउने सहमति भएको थियो । त्यसपछि पुनः तीन लाख डोज थपेर आठ लाख डोज खोप उपब्ध गराउने चीनले घोषाणा गरेको थियो ।

पाकिस्तान, यूएई लगायतका मुलुकमा चिनियाँ कम्पनी सिनोफार्मको कोरोना खोपको आपतकालीन प्रयोग गरिसकिएको छ । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

तस्विर  : चिनियाँ राजदूतको ट्वीटरबाट

 

 

 

 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको