२६ बैशाख २०८१, बुधबार | May 8, 2024

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास



अबुधाबी । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गरेका छ् ।

दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गरेका थिए ।

त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्त रुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गरे । उनले यस कार्यबाट चिनियाँ खोपको विभिन्न देशमा परीक्षण गर्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड महामारी विरुद्ध लड्न चीन र युएईबीचको साझेदारी नयाँ चरणमा प्रवेश गर्ने पनि बताए ।

युएईका विदेश मन्त्री शेख अब्दुल्लाहले चिनियाँ खोपको तेस्रो चरणको परीक्षण कार्यक्रम र खोप उत्पादनको नयाँ प्लान्ट स्थापनाले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

उनले हालसम्म १२० मुलुकभन्दा बढीका ५० हजारभन्दा बढी स्वयंसेवीले चिनियाँ खोपको परीक्षणमा सहभागी भएको जानकारी दिए । उनले चिनियाँ खोपहरु निकै सुरक्षित र प्रभावकारी पनि रहेकाले अन्तर्राष्ट्रिय समुदायले चिनियाँ खोपलाई मान्यता दिइरहेको बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ११ : ५५ बजे

सन्दीपको आक्रोश- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र