२२ बैशाख २०८१, शनिबार | May 4, 2024

म्यानमारमा हवाई हमलापछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन



याङ्गुन(एपी) । म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डतर्फ लागेका छन् ।

करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् ।

करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमा क्षेत्रमा रोकेको थाइ प्रशासनले जनाएको छ ।

म्यान्मारको सेनाले आइतबार रातिमा तीन वटा हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोडी जीवन रक्षाका लागि थाइल्याण्ड सीमा क्षेत्रमा पुगेका म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पुर्‍याउने मानवीय सहयोग निकाय ‘फ्रि बर्मा रेंजर्स’ले बताएको छ । उक्त संस्थाका अनुसार आक्रमणबाट कसैको हताहत भएको खबर भने आएको छैन ।

म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् । यसै शिलशिलामा गत शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको सरकारी अधिकारीहरूले दावी गरेका छन् ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ४० बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा