१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

राष्ट्रिय जनगणनाको तयारी तीव्र



काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दैछ ।

समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पुु¥याउन सुुझाव दिएका छन् ।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले सही तथ्याङक सङ्कलन गर्न गणकहरु प्रत्येक घरमा पुुगे नपुुगेको अनुुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गरे। जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइएको छ ।

सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुुप्रथाको जड र केन्द्रविन्दुु मानिएका विषय पत्तालगाउने गरी फारम विकास गर्न सुुझाव दिए ।

कर र राजश्वलगायतका कारणले सही सूूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सु्झाव दिए । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुुन आवश्यक रहेको बताउँदै उनीहरुले मुुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा समेट्नुपर्ने बताए ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूूल नारा मेरो गणना : मेरो सहभागिता रहेको छ ।

योजना आयोगका सदस्य डा. रामकुुमार फुुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्याङ्क आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्याङ्क सङ्कलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गरे । तथ्याङ्क विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताए ।

उनले भने, “युवालाई गौरव बोध होस् भन्ने हेतुुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकामा यस पटक ठिक विपरीत सोही प्रतिशत युुवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ ।”

शहरका उच्च वर्गको तुुलनामा कम साक्षरता भए पनि दुुरदराजका जनताले वास्तविक तथ्याङ्क उपलब्ध गराएर सहयोग पुु¥याएको विगतको अनुुभव सुनाउँदै महानिर्देशक श्रेष्ठले समाजका सवै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पुु¥याउन अपिल गरे ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : ०१ बजे

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०