१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री ओलीसँग राजीनामा माग्ने कांग्रेस केन्द्रीय समितिको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने



काठमाडौं । सत्ता समिकरणका बिषयमा मौन बस्दै आएकोे नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने पहलकदमी थाल्ने भएको छ।

शुत्रबार साँझ अबेर गरि सकिएको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्न नेतृत्व लिने निर्णय गरेको हो। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक अघि शीर्ष नेताहरु प्रधानमन्त्री ओलीको राजीनामा माग्ने बिषयमा सहमत भएका थिए ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ओली सरकार हटाएर नयाँ सरकार बनाउने माग गर्दै आएपनि सभापति शेरबहादुर देउवा भने वातावरण नबनेको भन्दै ओली हटाउने बिषयमा मौन बस्दै आएका थिए । कांग्रेसलाई नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारको नेतृत्व लिन आग्रह गरिरहे पनि कांग्रेस सभापति देउवाले अनिच्छा प्रकट गर्दै आएका थिए।

प्रधानमन्त्रीको राजीनामा माग्ने भन्ने निर्णय भएपनि हटाउनका लागि पहलकदमी लिने बिषयमा निर्णय नभएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज