१९ बैशाख २०८१, बुधबार | May 2, 2024

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित, जसपासँग वार्ता गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

अधिकांश स्थायी समिति सदस्यहरु काठमाडौं बाहिर भएका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । यद्यपी, जनता समाजवादी पार्टी जसपासँग शिर्ष नेतृत्वले सत्ता साझेदारीबारे छलफल गर्ने भएपछि बैठक स्थगित गरेको बताइएको छ ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र काँग्रेस एवं जसपासँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल गरिने बताइएको थियो ।

शनिबार मात्रै कांग्रेसले सरकारको राजीनामा मागेर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । जसपाको पनि बहुमत सदस्यहरुले ओलीलाई समर्थन नगर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : ५० बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका