२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कोरोना विरुद्धको चिनियाँ खोप लगाउन सुरु



काठमाडौं । सरकारले आजबाट कोरोना भाइरस विरुद्ध चिनियाँ खोप लगाउन सुरु गरेको छ ।

चीनबाट अनुदानमा प्राप्त खोप आजबाट ४० वर्षदेखि ५९ वर्ष उमेर समुहका अत्यावश्यक व्यक्तिहरुलाई लगाउन थालिएको हो ।

मिनभवनस्थित सिभिल अस्पतालमा चिनियाँ राजदूत होउ यान्छीको उपस्थितिमा खोप कार्यक्रमको सुरुवात गरिएको छ ।

चीन सरकारले नेपाललाई सिनोफार्म कम्पनीद्वारा उत्पादित भेरोसेल नामक खोपको आठ लाख डोज उपलब्ध गराएको हो । यो खोप पहिलो चरणमा प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली, नेपाली व्यापारी र अघिल्लो चरणमा छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप कार्यक्रमका लागि काठमाडौं, ललितपुर, भक्तपुरका विभिन्न सरकारी अस्पतालबाट खोप लगाउन सुरु भएको छ ।

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : ०७ बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया