१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बाँकेमा देखियो दोस्रो चरणको कोरोना माहामारीको प्रभाव



नेपालगन्ज । कोरोनाको दोस्रो लहरका महामारीबाट सिमावर्ती बाँके जिल्ला प्रभावमा परेको छ । भारतबाट नेपाल फर्कने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि बाँके दोस्रो लहरको महामारीको प्रभावमा परेको हो ।

बाँकेका विभिन्न आइसोलेसनमा यतिबेला ८० जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेका कोरोना फोकल पर्शन तेज ओलीका अनुसार भेरी अस्पतालमा ६ महिला र सात पुरुष गरि १३ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् भने नेपालगन्ज होम आइसोलेसनमा ३३ महिला २१ पुरुष गरि ५४ जना, कोहलपुर आइसोलेसनमा चार महिला र पाँच पुरुष गरि ९ जना, खजुरा, बैजनाथ, राप्तीसोनारी तथा डुडुवा गाउँपालिकाको होम आइसोलेसनमा एक–एक जना कोरोना संक्रमित रहेका छन् ।

बाँकेमा रहेका ८० संक्रमित मध्य मध्ये २७ जनाको स्वास्थ्य अवस्था गम्भीर प्रकृतिको रहेको फोकलपर्शन ओलीले बताए । संक्रमित बढेको अनुपातमा भेरी अस्पतालको आइसोलेसनले धान्न नसक्ने अवस्था आउन सक्ने उनले बताए । कोरोना संक्रमणको दर बढ्न थालेपछि शनिबार बन्दर गर्न थालिएको भेरी अस्पतालको पीसीआर ल्याव शनिबार पनि संचालनमा ल्याईएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ०२ बजे

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्