६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेशका मन्त्री भन्छन् : प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ



बुटवल । लुम्बिनी प्रदेशकै एक मन्त्रीले सरकार छिटै परिवर्तन हुने दाबी गरेका छन् ।

प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले बुटवलमा आइतबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकार छिट्टै परिवर्तन हुने दावी गरेका हुन् ।

पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्म्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रमा राजनीतिक परिवर्तन भएका कारण त्यसको प्रभाव प्रदेशमा पनि परेको जनाउँदै प्रदेश सरकारसमेत परिवर्तन हुने जिकिर गरेका हुन् । उनले सरकार परिवर्तनका लागि प्रदेशसभामा क्रियाशील राजनीतिक दलहरुसँग छलफल भैरहेको बताए ।

केसीले प्रदेशको राजनीति पनि विधि र विधान अनुसार नै चल्ने भएकाले छिट्टै निकास निस्कने अपेक्षा गरे । केसी माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेशमा मन्त्री छन् । उनीसँगै माओवादी केन्द्रबाट सुदर्शन बराल समेत मन्त्री रहेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले भने आफ्नो सत्ता जोगाउनका लागि जनता समाजवादी पार्टीसँग छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : ३० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क