१५ चैत्र २०८२, आइतबार | March 29, 2026

पार्टी विवादको उजुरीबारे निर्वाचन आयोगले निर्णय नदिनु आपत्तिजनक : नेता नेपाल



वीरगन्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवादबारे निर्वाचन आयोगमा परेको उजुरीमाथि कुनै सुनुवाई नभएकोमा आपत्ति जनाएका छन् ।

वीरगन्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले संवैधानिक आयोगमा परेको उजुरीमाथि कुनै छानविन नगरिनु बिडम्बना भएको बताए ।

‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठीक छ, कुन बेठीक छ भन्ने बारेमा निर्णय गर्न निर्वाचन अयोग छ, तर अहिलेसम्म कुनै निर्णय आएको छैन, के भन्ने कहाँ गएर उजुरी गर्ने, कहाँ विरोध गर्ने ?’ नेपालले गुनासो गरे ।

सर्वोच्च अदालतले नेकपा खारेजगरेसँगै ब्युँतिएको नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै फागुन २८ गते विधान संशोधन र २३ जना केन्द्रीय सदस्य थप गरेका थिए । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाउने, अध्यक्षमा शक्ति केन्द्रित गर्ने, आफुखुशी केन्द्रीय कमिटीको संख्या बढाउने काम विधान विपरित भएको भन्दै त्यसलाई रोक्न नेपाल पक्षले निर्वाचन आयोगमा उजुरी गरेको थियो ।
नेता नेपालले आफुहरुले देशभर समानान्तर कमिटी बनाउने गरेको निर्णय सही भएको जिकिर गरे । उनले पार्टीलाई ओलीले पेवा सम्झेको आरोप लगाउँदै विधान विपरित गरिएका गतिविधि विरुद्ध आफुहरुले चालेको कदम ठीक भएको बताए । नेता नेपालले ओलीले मनपरीतन्त्र र अधिनायकवाद लादेर पार्टीलाई संकटमा पुर्याएको बताए ।

नेपालले भने, ‘अहिले कार्यकर्ताहरुमा छाएको निराशालाई आत्मसात गर्दै नेकपा एमालेले पार्टी सुदृढिकरण अभियान चलाएको छ । हरेक वडा, पालिका, जिल्ला, प्रदेशमा समानान्तर कमिटि गठन गरेर कसरी यस्तो अवस्था आयो भन्ने बारेमा राज्यव्यापी रुपमा अघि बढेका छौं ।’

पार्टीलाई एकतावद्ध बनाउन २०७५ जेठ २ को अवस्थामा फर्किनुको विकल्प नभएको नेता नेपालले बताए ।
नेता नेपालले नयाँ सरकार गठनको विषय विपक्षी दलहरुको अधिकारको कुरा भएको जनाए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १२ : १८ बजे

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा