१७ असार २०८३, बुधबार | July 1, 2026

माओवादी केन्द्र परित्याग गर्ने प्रदेश २ का ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं । प्रदेश नम्बर २ को प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नै माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनी सहित एमाले प्रवेश गर्ने ४ सांसदलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेमा प्रवेश गरेका ४ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेतानै माओवादी परित्याग गर्दै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई प्रचण्डले कारबाही प्रक्रिया अघि बढाएका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा मोहम्मद समिरबाराबाट समानुपातिकतर्फबाट निर्वाचित हुन् भने रामचन्द्र मण्डल धनुष–१ (ख), ज्वाला कुमारी साह बारा क्षेत्र नम्बर ३ (क) र कुन्दनप्रसाद कुशवाह रौतहट–३ (ख) बाट निर्वाचित भएका हुन् ।

उनीहरु चारैजनालाई २४ घन्टे स्पष्टीकरण सोधिएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : २४ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश