२६ बैशाख २०८१, बुधबार | May 9, 2024

आजको मौसम : अपरान्हपछि पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ ।

हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जानकारी दिएको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली हुने साथै बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यता, पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भू-भागमा तुवाँलोको असर रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ०२ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s