१७ असार २०८३, बुधबार | July 1, 2026

उपेन्द्र र डा. भट्टराईलाई भेटेपछि देउवा र प्रचण्डको लामो ‘गोप्य’ वार्ता



काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता द्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले भेटवार्ता गरेर बाहिरिए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो गोप्य वार्ता गरेका छन् । उनीहरुबीच मंगलबार अबेर रातिसम्म वार्ता भएको खुलासा भएको छ ।

महाराजगञ्जस्थित व्यापारी प्रमोद राणाको घरमा मंगलबार राति भएको वार्तामा देउवा र चचण्डका बीच नयाँ सरकार गठन तथा सत्ता समिकरणको जोडघटाउका सम्बन्धमा छलफल भएको बुझिएको छ ।

नयाँ सरकार गठनको सन्दर्भमा डा. भट्टराई र यादव देउवासँग भेट गरेर बाहिरिए लगत्तै देउवा र प्रचण्ड बीच भएको भेटलाई अर्थपूर्णरुपमा लिईएको छ ।

मगलबार साँझ जनता समाजवादी पार्टीका अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए ।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने र त्यसका लागि दलहरुसँग छलफल चलाउने निर्णय गरिसकेको छ । यस अघि नै माओवादी सरकारमा कांग्रेस नेतृत्वका लागि सहमत छ । तर, सत्ता समीकरण निर्माणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले यससम्बन्धमा निर्णय लिन नसक्दा नयाँ सरकारले आकार लिन सकेको छैन ।

जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पछिल्लो समय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने संकेत गरिरहेको छन् भने यादव तथा भट्टराई पक्ष भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ४१ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश