२३ बैशाख २०८३, बुधबार | May 7, 2026

समुदायमा फैलिँदै कोरोनाको यूके भेरियन्ट



काठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।

बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् ।

कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको छ । बुधबार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा संक्रमित पाइएको छ ।

विश्वका विभिन्न देशमा भेरियन्ट फैलिनेक्रम जारी छ । बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्ट छिमेकी देश भारतमा समेत देखिएको छ । बेलायती प्रजाति विश्वका १ सय २९ देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यका अनुसार भारतमा संक्रमणदर उच्च रहेको भन्दै नेपालमा पनि भयावह स्थिति आउन सक्नेछ ।

‘संक्रमित संख्या बढ्दै गएको छ, अहिले टेस्ट पोजेटिभ दर पनि बढेको छ,’ कर्माचार्यले भने, ‘परीक्षण दर बढाउन सकिए संक्रमित संख्या बढ्नेछ ।’ कर्माचार्यका अनुसार बेलायती प्रजातिको सर्ने दर ४३ देखि ९० प्रतिशतसम्म छ । यो संक्रमण समुदायमा फैलिए भयावह अवस्था आउन सक्ने देखिएको छ । बेलायती प्रजातिमा लक्षण देखिने सम्भावना अन्य प्रजातिभन्दा बढी रहेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार बालबालिका नयाँ भेरियन्टको जोखिममा छन् । भेरियन्ट समुदायमा फैलिरहेको भन्दै परीक्षण गराउन जनस्वास्थ्य विज्ञले बताएका छन् ।

त्यस्तै, नेपालमा ‘डबल म्युटेसन भेरियन्ट’ कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. पौडेलका अनुसार हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेसन भेरियन्ट’ पुष्टि भएको छ ।

सरकारले नेपालमा नयाँ प्रजातिको भारइस फैलिएको हुन सक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’का लागि नमुना हङकङमा पठाएको थियो । ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो ।

‘डबल म्युटेसन पुष्टि भएको नमुना ललितपुर जिल्लाको हो,’ डा. पौडेलले भने, ‘यसबाट पनि नेपालमा यूके भेरियन्ट फैलिसकेको पुष्टि हुन्छ ।’ बुधबार नै देशभर ६ सय ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ सय ८० जना पीसीआर र २३ जना एन्टिजेन पोजेटिभ आएको हो ।

बुधबार देशभर ४ हजार २ सय ८९ जनाको नमुना परीक्षण पीसीआर विधिबाट र ४ सय ५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ५६ पुगेको छ । देशभरका विभिन्न अस्पतालमा ८० आईसीयू र २५ संक्रमित भेन्टिलेटरमा छन् ।

कुल संक्रमितमध्ये २ सय ५४ मात्र काठमाडौं उपत्यकामा देखिएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १ सय ७३ जनामा संक्रमण देखिएको छ ।

हालसम्म कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ जना पुगेको छ । गत २४ घण्टामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ३ हजार ६१ पुगेको छ । देशभर ७९ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १ सय २९ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ पुगेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ६ : ३४ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा