४ आश्विन २०८३, आइतबार | September 20, 2026

डोटीमा भारतबाट फर्किएका ५९ मा कोरोना संक्रमण पुष्टि



डोटी । भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिमको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि १ हजार ४५ जनामध्ये ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना संक्रमण बढ्ने क्रम देखिएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र डोटीका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कोरोना रोकथामका लागि खासै उल्लेख्य कदम चाल्न नसकेको भन्दै स्थानीयमा त्रास उत्पन्न हुन थालेको दिपायल सिलगढी नगरपालिका-४ का वीरबहादुर विष्टले बताए ।

‘भारतबाट काम गरी फर्किने नागरिकमा कोरोना देखिँदैछ, रोकथामका लागि खासै पहल भएको छैन, त्रास नभए के हुनु,’ उनले भने ।

जिल्लाका स्थानीय तहले भारतबाट घर फर्किएका नागरिकलाई राख्नका लागि क्वारेन्टीन समेत निर्माण नगरेकाले उनीहरू सिधै आ-आफ्ना घर जान थालेको बताइएको छ ।

नागरिक सिधै गाउँ पस्न थालेका कारण गाउँघरमा कोरोना संक्रमण बढ्दै जाने तथा पछि गएर कोरोनाले महामारीको रूप लिन सक्नेभन्दा यहाँका गाउँघरमा रहेका नागरिकमा त्रास उत्पन्न हुन थालेको हो ।

डोटीको स्थानीय प्रशासनले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य १५ दिन क्वारेन्टीन राख्नुपर्ने निर्णय गरेको भए पनि निर्णयको पालना नहुँदा झनै समस्या भएको बताइएको छ । रासस

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ५२ बजे

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरो

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न