२२ बैशाख २०८१, शनिबार | May 5, 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बैठक बस्न लागेको हो ।

बैठकमा समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन लेखेरै फिर्ता दिने उनले बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो । उनले भने ‘हाम्रो यो सरकारलाई कहिल्यै समर्थन नै छैन । यो सरकारलाई हाम्रो समर्थन नरहेको लेखेर दिन्छौं ।’ उनले आज बस्ने स्थायी समिति बैठकबाट समर्थन फिर्ताको निर्णय हुने बताएका छन ।

त्यस्तै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको स्थायी समिति सदस्य मात्रिका यादवको भनाई छ ।
कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने तयारीमा रहेको बताइएको छ ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको समेत बताएका थिए ।

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : २४ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै