१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते विस्तार गरेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो ।

बिहान ११ बजेबाट बस्ने बैठकमा समसामयिक राजनीतिक प्रस्ताव, नेताहरुको कार्यविभाजन, कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारवाही लगायतका विषयमा छलफल हुने बताइएको छ ।

तर, यो बैठकमा माधव नेपाल पक्षीय नेताहरु भने अनुपस्थित हुने भएका छन् । ओलीले विधान विपरित स्वेच्छाचारी ढंगले केन्द्रीय कमिटी हरेफरेर गरेको भन्दै उनीहरु बैठकमा अनुपस्थित हुने भएका हुन् ।

एमालेकै अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टी आजकोे बैठक रोकेर पार्टीलाई विभाजनको बाटोमा जान नदिन अपील गरेका थिए ।

आइबारै नेपाल पक्षीय नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेर एमालेले नवौं महाधिवेशनबाट पारित गरेको विधान विपरित फागुन २८ गते अध्यक्ष ओलीले गरेको एकपक्षीय केन्द्रीय कमिटी विस्तार विवादबारे निरुपण गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : १५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज