२३ बैशाख २०८१, आइतबार | May 6, 2024

नेपालपक्षका नेतालाई कडा कारवाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहितको नेताहरुलाई कडा कारवाही गरिने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताउँदै नेपाल सहितका नेताहरुले कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सम्बोधन अध्यक्ष ओलीले कर्णाली प्रदेशमा फ्ला्र क्रस गरेर माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको आरोप लगाए । ‘अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’ एमाले अध्यक्ष ओलीले भने ।

शुक्रबार कर्णाली प्रदेशका माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा मागेको समर्थनमा पार्टीको् ह्विप उल्लँघन गर्दै एमालेकै नेपालपक्षीय सांसदहरुले मुख्यमन्त्रीलाई मत दिएपछि मुख्यमन्त्रीको पद जोगिएको थियो ।

बैठकमा ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको भन्ने झुठो हल्ला मच्चाएर माअ‍ेवादी अध्यक्ष प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाए।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : २४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa