२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आजको मौसम : अपरान्हपछि पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले बताएको छ । अहिले उच्च पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैबिच पहाडी भू-भागका थोरै स्थानमा साँझपख मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : २२ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं