३ पुस २०८२, बिहिबार | December 18, 2025

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर आज बस्नेगरी स्थगित भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा सरकारले दलहरु र सभामुखसँग परामर्श नगरी हठात संसद अधिवेशन अन्त्य गरेपछिको अवस्थामा सरकार विरुद्ध कसरी प्रस्तुत हुने विषयमा छलफल गरी निस्कर्ष निकालिने एक नेताले बताए ।

माओवादी केन्द्रले केपी ओली सरकार विरुद्ध कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउन पहल गरिरहेको छ । तर, जसपाको एक पक्ष र कांग्रेसकै सभापति शेरबहादुर देउवासमेत अहिलेसम्म यसका लागि तयार बनिसकेका छैनन् ।

अविश्वासको प्रस्ताव ल्याउन अन्तिमसम्म प्रयत्न गर्ने सम्भव नभए सरकारलाई कानुनी रुपमा रहँदै आएको समर्थन फिर्ता लिने विषयलाई पनि माओवादीले टुंगो लगाउनेछ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : २४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको