४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी स्थायी समिति बैठक : ओली सरकारको समर्थन फिर्ताबारे निर्णय भएन



काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन आज पनि फिर्ता लिएन ।

माओवादी केन्द्रको मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताबारे कुनै निर्णय गरेन ।

बैठकमा समर्थन फिर्ताबारे छलफल भएपनि माओवादीले त्यसबारे अन्य राजनीतिक दलहरुसँग समेत थप परामर्शको आवश्यकता देखेका कारण निर्णय लिन नसकेको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने वित्तिकै ओलीले एकमहिनाभित्र विश्वासको मत हासिल गर्न संसदमा प्रस्ताव गर्न पाउँछन् । त्यसो भएमा उनलाई तत्कालै सरकारबाट विस्थापित गरेर संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने अवस्था समाप्त हुने माओवादी केन्द्रको बुझाई छ ।

बैठकपछि संचारकमीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन नरहेको कुरा लेखेर दिन मात्र बाँकी रहेको बताए। श्रेष्ठले भने, ‘अन्य दलहरुसँगको समझदारीकै आधारमा कदम चाल्छौं। हामी यो सरकारलाई हटाएर अर्को सरकार बनाउन चाहन्छौं।’
बैठकमा प्रदेश इन्चार्जहरुले आआफ्नो प्रदेशको गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।

बैठकमा पार्टी र संसदीय दलको विधान अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई वितरण गरिएको थियो ।

स्थायी समिति बैठक भोलि पनि बस्नेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ४२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा