४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल पक्षको निस्कर्ष – ‘हामी एमाले हौं, कारवाही गरे राजनीतिक र कानुनी लडाईं लड्छौं’



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ ।

नेता नेपाल र झलनाथ खनालसहित उनी पक्षीय २७ जना संघीय सांसद र ५ जना प्रदेश सांसदलाई अध्यक्ष ओलीले कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेपछि मंगलबार अपरान्ह बसेको बैठकले कानुनी र राजनीतिक लडाईं लडने निर्णय गरेको हो ।

नेपाल पक्षीय सांसदहरुको बैठकले आफुहरुले नेकपा एमालेको तर्फबाट गरेको गतिविधि सही भएको ठहराएको छ । ओलीको मनोमानि विरुद्ध प्रतिवाद गरेकै कारण स्पष्टीकरण सोधिएको ठहर गर्दै बैठकले आफुहरु अदालतले ब्यूँताइदिएपछि २०७५ जेठ २ गते अघिको आधिकारिक एमाले भएको पुनः स्पष्ट गरेको छ ।

 

यो पनि पढ्नुहोस : नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया सुरु, ३२ जनालाई सोधियो स्पष्टीकरण

 

बैठकपछि सांसद एवं नेतृ रामकुमारी झाँक्रीले भनिन, ‘हामीले दल बदल गरेका छैनौं, राजीनामा पनि दिएका छैनौं । अर्को पार्टी खोलेका पनि छैनौं । दर्ता गर्ने मनसाय पनि छैन । एमालेको केन्द्रीय सदस्य हौं, एमालेको सांसद हौं ।’

‘हामी स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिरक्षा गर्छौं र राजनीतिक लडाइँ पनि लड्छौं ।’, झाँकीले भनिन्, ‘यो कुनै स्पष्टीकरण दिनलायक स्पष्टीकरण सोधिएको त होइन । स्पष्टीकरण दिएनौं भने प्रतिरक्षा नगरेको हुन्छ । हामी अदालतसम्म जान्छौं ।’

नेपाल पक्ष ओलीले १० गते बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकमा पनि नजाने भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ५४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा