१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रतिनिधिसभा अधिवेशनको अन्त्य प्रति कांग्रेसले जनायो कडा आपत्ती



काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श एवं सुझाव नलिई एकलौटी ढंगले सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख बिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक बिज्ञप्ति प्रकाशित गर्दै चलिरहेको अवस्थामा प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेको प्रति नेपाली कांग्रेस संसदीय दलले गम्भीर आपत्ति प्रकट गरेको जनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरी संसद अधिवेशन जारी रहेको अवस्थामा एकाएक अधिवेशनको अन्त्य गर्नुबाट सरकार संविधान, जनता र संसद प्रति अनुत्तरदायी रहेको प्रमाणित भएको खाँणले आरोप लगाएका छन् ।

‘संसद कानून बनाउने र जनताको आवाज उठाउने साझा थालो हो । सरकारको निर्माण संसदबाट हुन्छ र वर्तमान सरकार संविधान, जनता र संसद प्रति उत्तरदायी हुनु पर्दछ, तर उत्तरदायी देखिएन ।’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा अगाडी लेखिएको छ, ‘संसदमा महत्वपूर्ण विधेयकहरु पास भई कानूनहरु बनाउनु पर्ने, जनसरोकारका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गरी जनतालाई भरोषा र विश्वास दिलाउनु पर्नेमा संसदीय अभ्यास र परम्परा विपरित सरकारले संसदको सामाना गर्न नसकेर अस्वभाविक ढंगले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्य गरेकोमा नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ ।’

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : ५० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज