१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले मुख्यालय आजबाट थापाथलीमा, मुख्यालयबाटै बालिका खड्का पक्राउ



काठमाडौं । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । आजबाट एमाले मुख्यालयका सबै प्रशासनिक तथा सांगठानिक काम थापाथलीबाट हुने एमालेले जनाएको छ ।

औपचारिकरुपमा कार्यसंचालन आउनु अगाडि बिहीबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको निरीक्षण गरेका थिए ।

चक्रपथ विस्तार हुने भएपछि धुम्बाराहीमा रहेको कार्यालयमा असहज हुने भन्दै केन्द्रीय कार्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ ।

थापाथली हाइटस्थित उमङ्ग मार्गमा १३ कोठे भवनमा एमालेले के कति भाडामा लिएको हो भन्ने सार्वजानिक गरिएको छैन । पार्टी कार्यालय सरको घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ ।

मुख्यालयबाटै बालिका खड्का पक्राउ :

कार्यालय सरैकै दिन पार्टी केन्द्रीय कार्यालयबाट एमालेकी युवा नेतृ बालिका खड्का पक्राउ परेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला पार्टी नेताहरुका विरुद्ध गालीगलौज गरेका कारण उनलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

बालिका तिनै युवती हुन् जस्ले बिगत केहि वर्ष देखि आफुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । खड्काले केही समय पहिले आफू प्रदेश(१ का मुख्यमन्त्री राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन्।

तर, मुद्दा दर्ता गरेको केहि दिनमा नै खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै मुद्दा फिर्ता लिएकी थिइन्।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ०४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा