३ पुस २०८२, बिहिबार | December 18, 2025

भेरी अस्पताललाई वडा अध्यक्षले दिए २०० सिलिण्डर अक्सिजन, मुस्लिम समुदायको ‘जकात’ संक्रमितको नाममा दिन आग्रह



नेपालगन्ज । नेपालगन्जका अस्पतालमा बेड र अक्सिजन नपाएर मृत्युवरण गरिरहँदा मुख्यमन्त्री शंकर पोखरेलले धरहरा र एमाले मुख्यालयको फोटो पोष्ट गरेर बसिरकै बेला नेपालगन्ज उपमहानगरका एक जन प्रतिनिधिले भने ब्यक्तिगतरुपमा भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन  सहयोग गरेका छन् । उपमहानगरको वार्ड नम्बर ४ का वडा अध्यक्ष समेत रहेका सफिक बेहनाले २ लाख रुपैयाँ बराबरको २०० थान अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेका हुन् ।

अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितको मृत्यु भएको खबर सार्वजाकि भएपछि आफुले मन थाम्न नसकेको र २०० थान सिलिण्डर सहयोग गरेको बेहनाले खबरकुरासँग बताए । उनले आपद बिपद परेकै बेला सबैले सहयोग गर्न आवश्यक रहेको बताउँदै सक्नेले आधापेट खाएर भएपनि बिरामीको ज्यान बचाउन सहयोग गर्नुपर्ने बताए । अहिले मुस्लिम समूदायको रमजानको महिना चलिरहेको बताउंदै बेहनाले मस्लिम संसकार अनुसार रमजानमा काटिने ‘जकात’को रकम काटेर भएपनि संक्रमितलाई सहयोग गर्न समूदायलाई आग्रह गरे ।

मुस्लिम समूदायले रमजानको महिनामा आफ्नो वर्षभरिको आम्दानीमा २ दशमलव ५ प्रतिशत रकम काटेर असहाय र अनाथलाई दान गर्ने गर्दछन् । जसलाई समूदायमा ‘जकात’ भनिन्छ । ‘महामारीका बेला जकात [फितरा] काटेर पनि बिरामीलाई सहयोग गर्न सकिन्छ ।’ बेहनाले भने ।

अस्पतालले थाम्न नसक्ने गरि गम्भिर संक्रमितहरु अस्पताल आउन थालेपछि अस्पतालमा कोरोनाको उपचार नियन्त्रण बाहिर गएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : १७ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय