१८ श्रावण २०८३, सोमबार | August 3, 2026

संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेबाट संबिधानसभामा प्रतिनिधित्व गरेकी संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको सिद्दीकीको आज साँझ उपचारकै क्रममा मृत्यु भएको हो ।

गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्दीकी भेरी अस्पतालमा भर्ना भएकी थिईन् । उनको उपचारकै क्रममा साँझ ७ः३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ ।अस्पतालले उपचारका क्रमममा उनलाई बचाउन सबै उपाए अपनाएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

सिद्दीकी मुस्लिम समुदायमा पश्चिम क्षेत्रबाट अगाडि बढेकी साहसी सामाजिक अभियन्ताकारुपमा चिनिन्छिन् । उनले फातिमा फाउण्डेसन नामको संस्थाबाट मस्लिम समूदायमा धेरै सामाजिक काम गर्दै आएकी थिईन् । नेपालगन्ज ३ निवासी ६५ बर्षिया सिद्दिकी नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेकी थिईन् ।

 

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : २८ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल