८ चैत्र २०८२, आइतबार | March 22, 2026

आजको मौसम : अपरान्हपछि पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौं । मुलुकमा स्थानीय वायुको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भू-भागमा अहिले न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १ तथा प्रदेश २ का केही भू-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यसैबिच देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्धि भइरहेकोले गर्मी बढ्ने हुँदा सम्भावित असरबाट बच्न तथा पहाडी भू-भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ०३ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली