१७ असार २०८३, बुधबार | July 1, 2026

नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं । सबै केन्द्रीय सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षण गरेपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो । अब बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

समसामयिक राजनीतिक घटनाक्रम, पार्टीद्वारा, सम्भावित सत्ता नेतृत्वको अवसर, १४ औं महाधिवेशन, क्रियाशील सदस्यता, कोरोना लगायत विषयमा केन्द्रीय कार्य समितिमा छलफल हुने बताइएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले आवश्यक संख्या पुगेको एकीन भएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरिसकेको छ । यद्यपी, जनता समाजवादी पार्टी जसपाले कुनै निर्णय गर्न नसक्दा कांग्रेस समेत अलमलमा परेको छ ।

कांग्रेसले बैठक बस्नुअघि सबै नेताहरुको स्वास्थ्य सुरक्षाका लागि पीसीआर परीक्षण गराएको थियो । एकसय भन्दा बढी नेताहरुको स्वाब संकलन गरिएको थियो । तर कसैलाई पनि कोरोना नदेखिएपछि बैठक बस्न लागेको हो । तर, नेताको सुरक्षामा खटिएका केहीलाई कोरोना पोजेटिभ देखिएको छ ।

 

 

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ०५ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)