२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बागलुङमा खोप लगाएका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



बागलुङ । कोरोनाविरुद्ध खोप लगाएका बागलुङका २ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलवार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा २ स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

२ महिला स्वास्थ्यकर्मीले २ डोज कोरोना खोप लगाए पनि कोरोना संक्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन,’ घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’

१४ जना पीसीआर र १ जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमित जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ३५ बजे

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा