१ पुस २०८२, मंगलबार | December 16, 2025

बागलुङमा खोप लगाएका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



बागलुङ । कोरोनाविरुद्ध खोप लगाएका बागलुङका २ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलवार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा २ स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

२ महिला स्वास्थ्यकर्मीले २ डोज कोरोना खोप लगाए पनि कोरोना संक्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन,’ घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’

१४ जना पीसीआर र १ जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमित जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज