१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रुपन्देहीमा १६ गतेबाट ३० गते सम्मका लागि निषेधाज्ञा जारी



बुटवल । कोरोना संक्रमण बढदै गएपछि रुपन्देही जिल्लामा पनि लकडाउनको घोषणा गरिएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्ष्वस्थापन समितिको बैठक सकिए लगत्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले १६ गते बिहान ६ बजे देखि बैशाख ३० गते बिहान ६ बजे सम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी तामाङले जारी गरेको निषेधाज्ञा आदेशमा कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न निषेध गरिएको छ । आदेशमा सबै प्रकारका सभा सञ्चालन गर्न, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्युटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ भने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न समेत निषेध गरिएको छ ।

निषेधाज्ञालाई कडा तरिकाले कार्यान्वयन गराउन प्रशासनले पुरा तयारी गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

तामङले जारी गरेको आदेशमा निषेधाज्ञाको अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा भने सुचारु रहेने उल्लेख छ ।

अति आवश्यकीय सामग्रीहरू खाद्यान्न, ग्यास, तरकारी, फलफूल र दूध लगायत दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिको लागी उद्योग वाणिज्य संघ र व्यापार संगठनले ब्यवस्था मिलाउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्दहीका सुचना अधिकृत जनक थापाले बताए । उनले निषेधाज्ञाका बखत वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरूलाई कडा कारवाही गर्ने निर्णय भएको समेत बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : १२ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।