१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आजको मौसम : देशभरका धेरैजसो स्थानमा बादल, केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना



काठमाडौं । आज देशको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छन ।

पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भू-भागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गको समेत सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिए । तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज पनि बेलुकीपख हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभाव आउँदो तीन दिनसम्म नै रहने भएकाले आइतबारसम्म नै देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ ।

प्रि-मनसुनको समय भएकाले बिहानीपख घाम लागे पनि दिउँसोपछि बादल लागेर बेलुकीपख हावाहुरी, मेघगर्जन तथा चट्याङ्गसहित पानी पर्ने क्रम चलिरहने मौसमविद नगरकोटीले जानकारी दिए ।

महाशाखाले सूचना निकालेर देशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बादल लागेर लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँहरुमा हल्का वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : १० बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य