२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पत्रकार महासंघ बागलुङद्धारा पत्रकारको लागी छुट्टै आइसोलेसन कक्ष निर्माण



बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको दर बढ्दै गएको सन्दर्भमा अग्रपंक्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ ।

शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासंघका शाखा अध्यक्ष नरेश कँडेलले बताए । उनले पत्रकारलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा आइसोलेसन कक्ष तयार गरिएको बताए ।

‘पत्रकार अग्रपंक्तिमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा शय्या नपाइन सक्छ त्यसैले पत्रकारहरुका लागि महासंघले नै आइसोलेसन कक्ष बनाएको छ,’ अध्यक्ष कँडेलले भने, ‘जिल्लामा हालसम्म अग्रभागमा खटिने ५ पत्रकारलाई कोरोना संक्रमण भई निको भइसकेको अवस्था छ, पत्रकारलाई कोरोना संक्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा शय्या विस्तार गर्दै जानेछौं ।’

नवनिर्मित भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार संक्रमित नभए पनि कोरोनाको बढ्दो संक्रमणले जस्तोसुकै अवस्था आउन सक्ने भन्दै पूर्व तयारी थालिएको महासंघले जनाएको छ ।

आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरि अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले बताए ।

उनले पत्रकारले आफ्नो व्यवस्थापन गर्न थालेकामा खुशी व्यक्त गर्दै संक्रमणको दर बढ्दै गएमा अस्पतालमा शय्या अभाव हुने भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताए । आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मी समेत खटाउने छ । रासस

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : २३ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी