१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सरकारलाई दिँदै आएको समर्थन फिर्ताको पत्र माओवादीले संसद सचिवालयमा बुझाउँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई अहिलेसम्म दिँदै आएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदैछ ।

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, हिजो कार्यालय समय सकिइसकेका कारण आज सो पत्र संसद सचिवालयमा बुझाउन लागेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बिहान ११ बजे सचिवालयमा पत्र बुझाउने बताइएको छ ।

तत्कालिन नेकपा भएकै अवस्थामा गत पुष ५ गतेबाट नै ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो । पछि सर्वोच्च अदालतले नेकपा खारेज भैसकेपछि फागनु २३ गते पछिको अवस्थामा ओलीको विकल्पमा नयाँ सरकारका लागि माओवादी केन्द्रले प्रयत्न गरेको थियो । यद्यपी, औपचारिक रुपमा सरकालाई दिँदै आएको समर्थन फिर्ता भने गरेको थिएन । तर, प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि मात्रै संसदको विशेष अधिवेशन बोलाएपछिको अवस्थामा भने माओवादीले समर्थन औपचारिक रुपमै फिर्ता लिने निर्णय गरेको हो ।

ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि मात्रै राष्ट्रपति मार्फत संसदको अधिवेशन बोलाएका छन् । जबकी, प्रधानमन्त्रीले विश्वासको मत संसदको नियमित अधिवेशनमा जति सुकै बेला पनि लिन सक्छन् । विशेष अधिवेशन बोलाउने अधिकार संविधानतः कम्तिमा २५ प्रतिशत सांसदहरुलाई मात्रै हुन्छ । तर, संविधान र कानूनको आफुखुशी व्याख्या गर्दै आएका ओलीले राष्ट्रपतिलाई प्रयोग गरेर बजेट अधिवेशन नडाकी विशेष अधिवेशन डाकेका हुन् ।

ओलीले संसदमा आफुलाई विश्वासको मत प्राप्त नभए कुनै पनि बहानामा फेरि संसद विघटन गर्नसक्ने भय विपक्षी दलहरुलाई रहेको छ । नेपाली कांग्रेसले पनि ओलीले लिन लागेको विश्वासको मत असफल बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ३५ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज