१४ चैत्र २०८२, शनिबार | March 29, 2026

एनआरएनएद्वारा देशका विभिन्न शहरमा स्वास्थ्य हटलाइन सेवा सुरु



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) सरु गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले कोभिड १९ को महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले बिहीबारदेखि देशैभर हटलाइन सेवाको सुरुआत गरेको हो ।

नेपाल मेडिकल एशोसियन र डाँफे किएरको सहकार्यमा संघले काठमाडौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज, धनगडी क्षेत्रमा मोवाईल हटलाइन सेवा सुरु गरेको हो ।

हटलाइन सेवाको लागि डा. शिव श्रेष्ठ, डा. प्रमोद जोशी, डा रितेश थापा, डा. राम नरेश पण्डित, डा. बिपेश आचार्य, डा. प्रदीप मिश्र, डा. दिनेश श्रेष्ठ, डा. रइस पोखेल, डा. राजेन्द्र चौधरी, डा. राजन शर्मा लगायत करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपाल मेडिकल एशोसियनका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले संघसंगको सहकार्यमा सुरु भएको हटलाइन सेवाले कोभिड १९ का विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरे । उनीले हटलाइन सुरु भएको केही घण्टामानै दर्जनौ कल आउन थालेको जानकारी दिए ।

कोभिड १९ सम्बन्धी समस्या परेका बिरामीले सिधैं ती चिकित्सकहरुको मोवाई नम्बरमा वा ९८८००३५००० मा सम्पर्क राख्न सक्ने छन् ।

यसअघि संघले विदेशस्थित नेपालीहरुको सहयोगको लागि हटलाइन सेवा सुरु गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : ४२ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको