१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या अझै बढ्न सक्ने



काठमाडौं । कोरोना भाइरसबाट संक्रमित प्रतिनिधिसभाका सांसदको संख्या २६ पुगेको छ ।

यही वैशाख २२, २३ र २४ गते लिइएको स्वाव परीक्षणमा २६ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । यस्तै राष्ट्रिय सभाका अर्का एक जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ ।

आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बस्दैछ ।

अधिवेशन अघि संसद बैठकलाई सुरक्षित राख्न संसद सचिवालयले सबै सांसदहरु, संसद सचिवालयका कर्मचारीहरु, सांसदका स्वकीय सचिवालयका कर्मचारीहरु र सुरक्षाकर्मीहरु र संघीय मामिला पत्रकारहरु र अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुको स्वाब परीक्षण गराएको थियो ।

१ हजार २३५ जनाको परीक्षण गर्दा हालसम्म १६० जनामा संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका एक जना उपसचिवको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । अझै पनि ५४ जनाको स्वाब संकलन गर्न बाँकी रहेको संसद सचिवालयले जनाएको छ । यसमध्ये झलनाथ खनाल, भानुभक्त ढकाल, रघुवीर महासेठ, जुली महतोलाई संसद सचिवालयमा स्वाब लिनु अघि नै कोरोना संक्रमण भएको थियो ।

ठूलो संख्यामा सांसदहरुलाई कोरोना संक्रमण भएपछि २७ गते बस्ने संसदको बैठक र बिश्वासको मत प्रक्रियामा हुने मतदानका सम्बन्धमा सभामुख अग्नी सापकोटाले स्वास्थ्य विज्ञहरुसंग सल्लाह लिएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकार र विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सुझाव दिएका थिए । बोल्दा मास्क नखोल्न, बसेको सिट परिवर्तन नगर्न, दूरी कायम गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

यी हुन कोरोना संक्रमण पुष्टि भएका संघीय संसदका सांसदहरु :
१ मुकुन्द न्यौपाने
२ मायाँ देवी न्यौपाने
३ पार्वती डिसि चौधरी
४ राजेन्द्र प्रसाद गौतम
५ नन्दलाल रोका क्षेत्री
६ लाल बाबु पण्डित
७ लक्ष्मणलाल कर्ण
८ नरमायाँ ढकाल
९ रामबाबु यादव
१० गोपाल बहादुर बम
११ नमीता कुमारी चौधरी
१२ शान्तिमायाँ तामाङ पाख्रिन
१३ विना कुमारी श्रेष्ठ
१४ रेनुका गुरुङ
१५ जुली कुमारी महतो
१६ रघुबीर महासेठ
१७ किसान श्रेष्ठ
१८ सुरेश कुमार राई
१९ पुष्पा कुमारी कर्ण कायस्थ
२० झलनाथ खनाल
२१ भानुभक्त ढकाल
२२ बीना मगर
२३ भरत कुमार शाह
२४ प्रमोद शाह
२५ दिपक प्रकाश भट्ट
२६ महेश बस्नेत

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २० बजे

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ