१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रतिनिधिसभाका १८ सांसदलाई कोरोना संक्रमण



काठमाडौं । कोरोना भाइरसबाट संक्रमित प्रतिनिधिसभाका सांसदको संख्या १८ पुगेको छ ।

यही वैशाख २२ र २३ गते लिइएको स्वाव परीक्षणमा १८ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । यस्तै राष्ट्रिय सभाका अर्का एक जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ ।

आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बस्दैछ । अधिवेशन अघि संसद बैठकलाई सुरक्षित राख्न संसद सचिवालयले सबै सांसदहरु, संसद सचिवालयका कर्मचारीहरु, सांसदका स्वकीय सचिवालयका कर्मचारीहरु र सुरक्षाकर्मीहरु र संघीय मामिला पत्रकारहरु र अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुको स्वाब परीक्षण गराएको थियो ।

१ हजार २३५ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका एक जना उपसचिवको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ४ : २१ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत