१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका ४० जना सांसदहरुले पोखरेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नयाँ अविश्वासको प्रस्तावमा दर्ता गर्दै विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलसँग एकल बहुमतको सरकार बन्न नसक्ने जिकिर गरेका छन् । उनीहरुले अविश्वासको प्रस्ताव प्रदेशसभामा यथावत रहेको र एमालेकै दुई जना सांसद दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीले राजीनामा दिएको र विमला वली खत्रीले माओवादी केन्द्र रोजेको निर्णयले प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत एमालेसँग नभएको दाबी गरेका छन् ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध यही बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसका लागि १९ गते विशेष अधिवेशन बोलाइएको थियो । तर, मुख्यमन्त्री पोखरेलले नाटकीय रुपमा विशेष अधिवेशन बस्ने दिन बिहान पदबाट राजीनामा दिँदै आफुसँग एकल बहुमत भएको दाबी गर्दै नयाँ सरकार बनाउन प्रदेशप्रमुखसमक्ष निवेदन दिएका थिए । उनले त्यसअघि विशेष अधिवेशनको अन्त्य गरेका थिए ।

तर, मुख्यमन्त्री पोखरेलकै पार्टी एमालेमा रहेकी भनिएको विमला वली खत्रीले आफु माओवादी केन्द्रमा रहेको जनाए पछि उनी अल्पमतमा परेका थिए । सोही दिन अन्य दुई जना स्वतन्त्र सांसदले समेत पोखरेललाई समथर्न नरहेको विज्ञप्ति जारी गरेका थिए भने एमालेकै सांसद दृघनारायण पाण्डेले पदबाट राजीनामा दिएका थिए । त्यसको केहीदिनपछि एमालेकै अर्का सांसद अमरबहादुर डाँगीले समेत पदबाट राजीनामा दिइसकेका छन् । हाल पोखरेल स्पष्ट रुपमा अल्पमतमा रहेका छन् ।

तर, प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले भने विपक्षी दलहरुले ४२ जना सांसदसहित नयाँ सरकारको दाबी प्रस्तुत गरेपनि त्यसलाई लत्याउँदै पोखरेललाई मुख्यमन्त्री कार्यालयमा पुगेर सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : २५ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको